वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

स्टुडेन्ट लेबल आइ क्यु टेस्ट विजेतालाई कम्पयुटर वितरण

 

बाराको प्रसौनी गाउपालिकामा स्टुडेन्ट लेबल आइ क्यु टेस्ट कार्यक्रमको आयोजना गरिएको थियो । वडा नम्वर ४ खुटवाजब्दीमा शुक्रवार स्टुडेन्ट लेबल आइ क्यु टेस्ट प्रतियोगितामा प्रथम हुने एक जनालाई कम्पुटर वितरण गरिएको हो ।
प्रतियोगितामा द्धितिय भएका चौधरीलाई एनड्रोआईड मोवाईल सेट प्रदान गरिएको थियो । तृतिय भएका असारीलाई किप्याड मोवाईल हस्तान्तरण गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष भोला गुप्ताले स्वास्थ्य, शिक्षा, भौतिक विकास पहिलो प्राथमिकतामा भएकोले विधार्थीहरुको ज्ञानको बृद्धिको लागि प्रतियोगिताको आयोजना गारेको बताए ।
ज्ञानको ज्योति शिक्षा नै भएकोले आपनो वडामा शिक्षामा जोड दिएको वडाध्यक्ष आन्नद कुमार गुप्ताले बताए । विधार्थीहरुको स्तर बृद्धिको लागि विभिन्न प्रतियोगिताको आयोजना समेत गरिने बताए ।
विधार्थीहरुको शिक्षाको प्रोत्साहनको लागि आयोजना गरेको प्रतियोगितामा श्री नरसिङ्ग सेकेण्डरी विधालयका कृष्णा मुरारी प्रजापती प्रथम, श्री नेपाल नेशनल सेकेण्डरी विधालयका मनिष चौधरी दोश्रो तथा श्री दुर्गा नमुमा माध्यमिक विधालयका जावेद असारी तृतिय भएका थिए ।
जनता जागरण युवा क्लबले आयोजना गरेको स्टुडेन्ट लेबल आइ क्यु टेस्ट प्रतियोगितामा जिल्लाका कलैया उपमहानगरपालिका, फेटा गाउपालिका, विश्रामपुर गाउपालिका लगायत विभिन्न स्थानिय तहको करिव ७० जना विधार्थीहरुको सहभागिता रहेको थियो ।