वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

महोत्तरीमा घाँस काट्न गएका सात बालिका र किशोरी वेपत्ता

महोत्तरीमा घाँस काट्न गएका सात बालिका र किशोरी वेपत्ता भएका छन् ।

भंगहा नगरपालिका ८ धर्मपुरका बालिका र किशोरी वेपत्ता भएका हुन् ।

वेपत्ता हुनेमा १० वर्षीया सीमा पासवान, १३ वर्षीया ज्योती पासवान, १५ वर्षीया रिया पासवान, १८ वर्षीया अस्मिता पासवान, १५ वर्षीया अर्चना पासवान, १८ वर्षीया नगिना पासवान र १० वर्षीया रन्जना पासवान रहेका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

मंगलबार दिउँसो घाँस काट्न गएका उनीहरु अहिलेसम्म सम्पर्कमा छैनन् । प्रहरीले सातै जनाको खोजवीन तिव्र पारेको छ ।