वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

कोरोनाको कहरको ख्याल गर्दै होली मनाउ : प्रदेश सभा सदस्य महमद समिर

 

वर्तमान अवस्थामा कोरोनाको कहरको ख्याल गर्दै होली मनाउन प्रदेश सभा सदस्य महमद समिरले आग्रह गरेका छन् । शनिवार एक कार्यक्रममा बोल्दै देश अहिले कोरोनाको महामारीको चपेटामा रहेको बेला होली सजग र सचेत भई मनाउन आग्रह गरेका हुन् ।
आपसी सदभाव ,मेलमिलाप ,भाईचाराको पर्वको रुपमा रहेको हिन्दुहरुको महान पर्वको रुपमा रहेको होली पर्व शौर्हदपुर्ण रुपमा सवैले मनाउन आवश्यक रहेको बताए । भिडभाड, तडकभडक नगरि सभ्य तरिकाले सवैले होली मनायौ भने मात्र यो भिषम परिस्थितीसँग लडन सक्ने उनले बताए ।
सवैले होली खेलेपछि सक्दो सावुन पानी, सेनिटाईजरले हात धोई खाना खान समेत आग्रह गरेका छन् । मास्कको प्रयोग, सोसल डिस्टेन्सको कायम जस्ता सरकारले ल्याएका अवधारणाको पालना गर्नुपर्ने सुझाएका थिए ।
विश्वमा कोभिड १९ को दोस्रो लक्षण देखा परेकोले सवै सचेत हुन जरुरी रहेको देखिन्छ । रोजगारीको सिलसिलामा देश बाहिर रहेकाहरु होलीमा घर फर्किदो सवैले आफनो स्वास्थ्यको परिक्षण गराई आफनो घर परिवारलाई आफै सुरक्षित राख्नुपर्ने बताए ।
कोरोना कोभिड १९ लाई मध्यनजर गर्दै होलि पर्वलाई मर्यादिद, भिडभाड रहित बनाउन सबैमा प्रदेश सभा सदस्य महमद समिरले अपिल गरेका छन् ।