करेन्टलागेर एक जनाको मृत्यु

दाङमा करेन्टलागेर एक जनाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका ७ बर्गदयाका ३५ वर्षीय तायर खाँको करेन्ट लागेर मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार मंगलबार साँझ करिब सवा ६ बजे आफ्नै घर भत्काउने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर खाँ घाइते भएको थिए।

उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।