महागढिमाई नगरपालिकाको पहलमा १५ वर्ष देखि बन्द रहेको कृषि सहकारी सञ्चालनमा

बाराको महागढिमाई नगरपालिकामा करिव ४ हजार हेक्टर क्षेत्रफलमा कृषि योग्य जमिन रहेको छ ।

यस नगरपालिकाका अधिकाश जनताहरु कृषिमा अधारित रहेका छन् ।

करिव १५ वर्ष अगाडि यहा कृषि सहकारी संस्था सञ्चालनमा रहेको थियो । जसले किसानहरुको चाहिने विउ विजन, मल, खाद सहुलियत दरमा उपलब्ध गराउदै आएको थियो ।

कृषि सहकारी संस्था बन्द भए पछि १५ वर्ष देखि किसान चर्को मुल्य तिरि मल, खाद, विउविजन किन्न बाध्य भएका छन् ।

भारतको विहारसँग करिव १० किलोमिटरको दुरीमा रहेको यस नगरपालिकाका किसान मल,खाद, विउ विजनको लागि पुरै भारतमा आत्मनिर्भर बन्दै आएका थिए ।

एक कार्यक्रमको विच नगरपालिकाको करिव १० लाखको आर्थिक सहयोगमा कृषि सहकारी संस्था लिमिटेड पुन सञ्चालनमा आएको छ । यहाका किसानहरु सहुलियतमा मलखाद, विउविजन उपलब्ध भएको देखेर हर्षित भएका छन् ।

दशकौ देखि किसानहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै किसानहरुलाई सहज रुपमा मलखाद उपलब्ध गराउनको लागि नगरपालिकाको पहलमा १५ वर्ष देखि बन्द रहेको कृषि सहकारी संस्था सञ्चालनमा ल्याइएको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन् ।

किसानहरुलाई सहुलियतमा मलखाद, विउविजन जुनसुकै बेला उपलब्ध गराउनको लागि यस कृषि संस्थामा करिव एक हजार टन मलखाद, विउविजन ल्याएर भण्डारण गरिने समेत नगरप्रमुख यादवले जानकारी गराए ।

समितिको अध्यक्ष बिजय स्वर्णकारको सभापतित्वमा समपन्न उदघाटन कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रिय सद्स्य उपेन्द्र जैसवालले सहकारीको मर्म सिधान्त अनुसार सहकारीलाइ अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।

सो अवसरमा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले डिएपी मलखाद स्थानीय कृषक मिथलेस चौरसियालाई बिक्रि गरेर शुरु गर्नु भएको थियो ।

कार्यक्रममा महागढीमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रमेश राज रिमाल, सल्लाहकार भैयाराम यादव, वडा अध्यक्ष बिरेन्द्र चौरसियाले शुभकामना मन्तव्य व्यक्त गरेका थियो ।

सो अवसरमा सहकारी संस्था लिमिटेडको पदाधिकारी, कृषकहरूको सहभागिता रहेको र संचालन बिरेन्द्र यादवले गरेका थिए ।