करेन्ट लागेर बारामा एक युवकको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ बकुलियास्थित मकै बारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

स्थानीय जयनारायण चौधरीका ३० वर्षिय छोरा उपदेश चौधरीको सरिरमा करेन्ट प्रवाह भएर घटनास्थल मैं मृत्यु भएको हो ।

बिहान करिब साँढे ६ बजेको समयमा शौच गर्नका लागि स्थानीय दिपनारायण चौधरीको मकैको खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेको बताइएको छ ।

दिपनारायणले खेत नजिकै रहेको उनको आफ्नै घरबाट जिआई तारले खेतमा घेराबन्दी गरेर करेन्ट प्रवाह गरेका थिए ।

मकैको खेतमा जंङ्गली तथा घर पालुवा जनावर पस्ने गरेकोमा बाली सुरक्षा गर्ने उद्देश्यले जिआई तारले मकै बारी घेरेको दिपनारायणका परिवारले जनाएका छन् ।

यता करेन्ट लागेर मृत्यु भएको देखेर वडा नम्बर ५ का वडाध्यक्ष मोहित चौधरीले प्रहरीमा खबर गरेका थिए । नियम बिपरित दिपनारायणले खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको र सो बिषयमा आफुलाई केहि जानकारी नभएको वडाध्यक्ष चौधरीले बताए ।

यता गैर कानुनी रूपमा खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको अभियोगमा दिपनारायण चौधरीलाई आवश्यक कारावाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय , सिमराले जनाएको छ ।

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट

बारा : मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

बाराको सिम्रौनगढ नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी गएराती एक युवकको मृत्यु भएको छ । पचरौता नगरपालिका-३ निवासी सुरज साह कल्वारको २६ वर्षीय छोरा मोटरसाइकल चालक

बारामा जन्ती बोकेको बस दुर्घटना: १६ जना घाईते, ५ को अवस्था गम्भीर

बाराको मानमत कलैया सडक खण्ड अन्तरर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को डकाहमा जन्ती बोकेको यात्रुबस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । सोमवार विहान

बारामा एकै दिन ६१ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन बारामा मात्रै ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न पालिकाहरुबाट ९४ जनाको नमुना संकलन गरिएको मध्ये ६१ जनामा संक्रमण