राष्ट्रिय गैरसरकारी संस्था महासंघ द्वारा झोल साबुन बनाउने एक दिने तालिमको आयोजना

बारामा एक दिने झोल साबुन बनाउने तालिमको आयोजना गरिएको छ ।

राष्ट्रिय गैरसरकारी संस्था महासंघद्धारा कलैयाको ऐभरेष्ट होटेलमा एक दिने झोल साबुन बनाउने तालिमको आयोजना गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि उधोग वाणिज्य सँघका अध्यक्ष राजकुमार साहले कार्यक्रमको उदघाटन गर्दै ग्रामिण भेगका महिलाहरुको लागि आयोजना गरिएको सिपमुलक तालिम सराहनिय रहेको बताए ।

घरमै उपलब्ध रहेको स्रोत साधनबाट झोल साबुन बनाएर पनि सफा सुघर बस्न सकिने भएकोले न्युनस्तरका लागि अति उपयोगी रहेको उनले बताए ।

कार्यक्रममा जिल्ला भरिका करिव १५ गैरसरकारी संस्थाका ५० भन्दा बढि महिला सहभागिहरुलाई सो तालिम प्रदान गरिएको थियो ।

महिलाहरुले घरमै उपलब्ध भएको समाग्रीहरुको प्रयोग गरि झोल साबुन बनाएर लुगा धुन सक्ने सिप प्रदान गरिएको थियो ।

राष्ट्रिय गैरसरकारी संस्था महासंघको केन्द्रिय अध्यक्ष कुन्ती देबि पोखरेलको अध्यक्षता भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष मनोज साह, कैलाश न्यौपाने, कल्पना योगि, सदस्य ईरा श्रेष्ठ सञ्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गैरसरकारी महासंघ बाराका अध्यक्ष मोवारक अंसारीले सन्चालन गरेको कार्यक्रममा स्वागत सचिव लुकमान अन्सारिले गरेका थिए ।

साथै सोहि कार्यक्रममा राष्ट्रिय गैरसरकारी संस्था महासंघमा आवद्ध रहेका जिल्लाका १५ वटा संस्थालाई प्रमाण पत्र समेत वितरण गरिएको अंसारीले जानकारी गराएका छन् ।