वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

मधेश आन्दोलनका १ सय १० जना शहिदहरुको स्मारक बनाउन ताते महिलाहरु

मधेश आन्दोलनमा शाहदत प्राप्त गरेका १ सय १० जना शहिदहरुको स्मारक बनाउनका लागि महिला तातेका छन ।

बारा, पर्सा र रौतहटका महिलाहरुले बाराको सदरमुकाम कलैयामा पत्रकार सम्मेलन गरि राजनितिक दलहरुले शहिदहरुलाई वेवस्था गरेको आरोप लगाउदै शहिदहरुको सम्मानका लागि पनि आफुहरु अगाडी बढने बताएकी थिईन ।

बैसाख १६ गते देखि रुद्र महायज्ञको आयोजना गरि आफुहरुले स्मारक बनाउने अभियानमा लाग्ने बाराका सुरजिता कुसवाहाले जानकारी दिईन ।

श्री सिता राम सन्त समाजको सक्रियामा शाहदत प्राप्त गरेका ती शहिदहरुको आत्मका चिरशान्तिका लागि पतरौता नगरपालिका वडा नम्बर ३ रामनगर स्थित रहेको रामजानकी मठ सखुवा नजिकै स्मारक बनाउन लागेको जानकारी सो अवश्रमा दिएको थियो ।

यज्ञका लागि फाल्गुन १२ गते झण्डा गाडने भई सकेको समाजका बरिष्ट सल्लाहकार गम्भिरा सहनीले बताए । करिब ३० लाखको लागतमा यज्ञ हुने आयोजकले दावी गरेका छन् ।

बैसाख १७ गते यज्ञको उदघाटनका दिन हेलिकप्टरबाट फुलको बर्षा गर्ने लक्ष्य रहेको सल्लाहकार सहनीले भने । पत्रकार सम्मेलनमा समाजका केन्द्रिय सदस्य श्री राममोहन दास ( नेपाली बाब) ,जसपाका नेता सन्तोष पटेल, सहयोगी तागिर मंसुर रौतहटका तारा देवी सोनार, पर्साका मालती गिरी, रेखा साह, बाराका समोद सिह राजपुत, चम्पा देवी, सैरा खातुन, अमना खातुन, अभिमन्यु सिह सहभागिता रहेको थियो । यज्ञ ९ दिने सम्म चल्नेछ । यज्ञमा नेपाल र भारतका गरि हजारौ साधु, महात्माहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।