बारा : जग्गाको बिषयमा आफ्नै सहपाठीलाई तीन जना मिली गरे हत्या

घरायसी तथा जग्गा जमिनको बिषयलाई लिएर आफनै सहपाठीलाई हत्या गर्ने ३ जनालाई प्रहरीले सार्वजनिक गरेका छन ।

जिल्ला प्रहरी कार्यालयमा बुधवार पत्रकार सम्मेलन गरि जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही बस्ने जाकिर हुसेनका १४ बर्षिय छोरा साहिद हुसेन मियालाई घरेलु हतियार दाब प्रयोग गरी हत्या गर्ने जीतपुर सिमरा उपमहानगरपालिका २३ भलुही टोल बस्ने बर्ष २५ का क्यामुदिन मंसुरी, सोहि ठाउ बस्ने बर्ष २१ का अफसान भनिने हमर हुसेन मिया हजाम र १९ बर्षका आवेदिन मियालाई सार्वजनिक गरिएको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।

फागुन ११ गते घरबाट लागु औषध खानका लागि बोलाई घाटीमा डोरी प्रयोग गर्दै ती तीन जनाले ढुगा र दावले काटी हत्या गरेको स्यवम तिनीहरुले नै स्वीकार गरिसकेको अनुसंन्धान अधिकृत एवम प्रहरी प्रवतmा गौतम मिश्रले बताएका हुन ।

परिवारिक तथा जग्गा जमिनको आपसी बिवादको बिषयलाई लिएर हत्या गरेको प्रवतm मिश्रले भने । हत्या भएको १७ दिन पछि जतिपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० बेहरा स्थित फैक्टीहरुको फोहर फाल्ने गाडिएको डमपिङ्घ साईटमा सडीगलेको अवस्थामा मृतकको शव फेला पारिएको प्रवतmा मिश्रले जानकारी दिए ।

मृतक र हत्यारा सबै लागु औषध सेवनकर्ता रहेको अनुसंन्धानबाट खुलेको छ । हत्या भएको अघिल्लो दिन नै हत्यरा तिनै जनाले साहिदलाई मार्ने योजना बुनी सकेको र क्यामुदिनले आफनो घरबाट दाव अगाडी नै घटना घटाउने ठाँउमा राखेर गएको थियो प्रवतmा मिश्रको भनाई रहेको छ ।

आवेदिन मियाले ल्याएको डोरी क्यामुदिनलाई दिएपछि मृतकलाई पछाडीबाट घाटीमा डोरी बाधी थिची भुईमा लडाएपछि आवेदिन र अफसानले थिची राख्दै बेहोस भएपछि मृत्यू भयो कि भएन भनेर दावले खुटा देखि शशिरको बिभिन्न भागमा काटन शुरु गरेको अनुसंन्धानबाट खुलेको प्रवतmा मिश्रले जानकारी दिए ।

पक्राँउ परेका तिनै जनालाई कर्तब्य ज्यान सम्बन्धी मुद्धामा म्याद लिई अनुसंन्धान भईरहेको प्रहरी उपरिक्षक शाहीले भने । यो भन्दा अगाडी पनि निजगढमा लागु औषध प्रयोगमा बिषयमा झगडा हुदा आफनै सहपाठीलाई हत्या गरेको थियो ।

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट

कलैया उपमहानगरपालिका : नाबालकहरूको हत्यामा संलग्न एक जना पक्राउ

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारीको हत्यारा लाई बारा प्रहरी ले

नेपाल खेलकुद महासंघद्वारा बारा प्रहरीलाई स्वास्थ्य समाग्री बितरण

नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीले शुक्रबार जिल्ला प्रहरी कार्यालय बारालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । महासंघको केन्द्रिय कार्यक्रम ‘कोभिड, नो भिड’ भन्ने मूल नाराका