उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले उकालो लागेको छ ।

बुधवारका सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य तीन दिन देखी प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा स्थिर रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तरार्ष्ट्रिय बजारमा सुन प्रतिऔंस १७३६।६३ र चाँदी प्रतिऔंस २५.८८ डलरमा कारोबार भइरहेको छ ।