वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

थप ११४ जनामा कोरोना पुष्टि, २४ घण्टामा ९४ जना संक्रमण मुक्त

नेपालमा थप ११४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७५ हजार ४२४ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९१५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७१ हजार ४९५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७९० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख २१ हजार ५१२ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९१५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१४ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

ताजा अपडेट
लोकप्रिय