बाराका सक्रिय पत्रकार सिकेन्द्र पासवान केन्द्रिय मधेशी सचिवमा निर्वाचित

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा आइतबार सप्पन्न प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट बाराका सक्रिय पत्रकार सिकेन्द्र पासवान केन्द्रिय मधेशी सचिवमा निर्वाचित भएका छन् ।

पासवान नेपाल पत्रकार महासंघका प्रदेश नं. २ का प्रदेश सदस्य समेत रहेका छन् ।

तराई सञ्चार न्यज डटकम लगायत बिभिन्न मिडियामा क्रियाशिल पत्रकार पासवान लगायत सबैलाई पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, सचिब गुरुप्रसाद गौतम, प्रेस युनियन बाराका अध्यक्ष श्याम बाबु यादब, सस्थापक अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, नागरिक समाजका अध्यक्ष उमेशलाल दास लगायत सञ्चारकर्मी र राजनैतिक दलहरुले समेत बधाई दिदै थप जिम्मेबारीका साथ काम गर्न शुभकामना ब्यप्त गरेका छन् ।

सम्पन्न महाधिवेशनले संघका पूर्बअध्यक्ष बिनोद पहाडिलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सो महाधिवेशनले वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीलाई चयन गरेको छ ।

खुल्ला उपाध्यक्षमा मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वर पोर्तेल, भोला पासवान, बुद्धि बिश्वकर्मा, दीपक परियार, बिनोद परियार, टेकेन्द्र बिश्वकर्मा र करन ताम्राकार सर्वसम्मत चयन भएका छ्न् ।

महासचिवमा लक्ष्मण दर्नाल निर्वाचित हुनुभएकोे छ । कोषाध्यक्ष पदमा भिम बहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । पदाधिकारी सहित ४१ सदस्यीय केन्द्रिय कमिटी सर्बसम्मत चुनिएका छ्न ।

शुक्रबार पुर्व प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष प्रचन्ड्ले महाधिवेशनको उदघाटन गरेका थिए ।

उदघाटन सत्रमा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाडको बिशेष आतिथ्ता थियो ।