वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

बारामा युवकको हत्या आशंकामा रौतहटबाट एक पक्राउ

बारामा एक युवाको घाँटी रेटी हत्या गरिएको छ । मगंलवार बिहान करिब ४: १५ बजेको समयमा निजगढ नगरपालिका वडा नम्वर ९ स्थित बुद्ध चोकमा १८ बर्षीय काले भनिने रोहित शर्माको हत्या भएको हो ।

मृतक घरमा एक्लै भएको बोलामा हत्या भएको हुन सक्ने प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । हत्या आस पास कै व्यक्तिबाट भएको या गराईएको हुनसक्ने बताईएको छ ।

स्थानीयका अनुसार बिहान करिब ४: १५ बजे एक व्यक्ति त्यस स्थानबाट भागेको बताएका छन् । घरमा भाडामा बस्ने सत्यमान मगरका अनुसार एक व्यक्ति बिहान हतार हतार मोटरसाईकलमा भगेका थिए । घरमा दिनहुँ झगडा भईरहेकाले स्थानीयले सामान्य घर झगडा भनि बुझोका थिए ।

यता प्रहरीले मृतकको घरेलु हतियारको प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

मृतकको घरमा कोहि नभएको बेला हत्या गर्ने योजना बनाएर घरमा प्रवेश गरेको जस्तो देखिएको जानकारी दिए । यसैबिच प्रहरीले रौतहटबाट एक जना व्यक्तीलाई प्रक्राउ गरेर अनुसन्धान सुरु गरेको मिश्रले बताए ।

प्रहरीले जनकपुर स्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर ल्याएर थप अनुसन्धान अघि बढाउने मिश्रले जानकारी दिए ।

बुवा भोगेश्वर शर्मा र लालेदेवी शर्माको १ छोरा र २ छोरी छन् । भने मृतकलाई बाल्य अवस्थामा सडकमा भेटाएर पालेको बताईएको छ । मृतकका बुवा भोगेश्वर शर्मा र लालेदेवी शर्माले उनका बुहारीले सम्पतिका निम्ति हत्या गरेको आरोप समेत लगाएका छन् ।