आफ्नै साथीलाई चक्कु प्रहार गरि हत्या, बारा प्रहरीले पक्राउ गरी गर्यो सार्वजनिक

निजगढ नगरपालिका वडा नम्बर ९ बुद्ध चोक निवासी बर्ष १८ का कालु भनिने रोहित शर्मालाई चक्कु प्रहार गरि घाटी रेटी हत्या गर्ने ब्यतिलाई प्रहरीले सार्वजनिक गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरि शर्माको हत्यारा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भई निजगढ बुद्धचोकमा घर बनाई बसोबास गरिरहेका अरुण कुमार साहलाई सार्वजनिक गरिएको हो ।

शर्मा एक्लै घरमा सुती रहेको अवस्थामा अरुणले चक्कु प्रहार गरि घाटी रेटी हत्या गरेको स्वयमले स्वीकार गरिसकेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी गराए ।

पुरानो रिसवी र लागुऔषध सेवन गर्दा पटक पटक झगडा हुने गरेका हुदा एवम मृतकले मलाई सधै अपमानित गर्दै पेस्तौलले मारी दिन्छु भन्दै गरेको हुदा आफुले शर्मालाई मारेको अरुणले प्रहरीलाई ब्यान दिईसकेको प्रहरी उपरिक्षक शाहीले जानकारी दिए ।

घटना घटाउदा प्रयोग गरिएको कपडाहरु पाईन्ट, ज्याकेट, अरुणको चन्द्रपुरमा रहेको घरमा पाउनुको साथ साथै प्रयोग गरेको चक्कु, मोटरसाईकल समेत बरामद भएपछि उनलाई उनकै किराना पसलबाट नै पक्राँउ गरिएको प्रहरी प्रवता गौतम मिश्रले जानकारी गराए ।

फागुन २४ गते देखि शर्माको घरमा बसी रहेका अरुणले फागुन २५ गते बिहान ४ बजेको समयमा हत्या गरि चन्द्रपुरमा गई हत्यामा प्रयोग गरिएको सबै कपडाहरु फुकाली आफनो किराना पसलमा बसीरहेको अवस्थामा नै प्रक्राँउ भएको थियो प्रवतmा मिश्रले भने ।

निजलाई कर्तब्य ज्यान सम्बन्धी मुदामा थप अनुसंन्धान भईरहेको प्रहरीले जनाएको छ ।

साहले रिसवीका कारण हत्या गरेको भनिए पनि हत्याको कारण के हो भन्ने अझै खुल्न बाकी रहेको प्रहरी प्रवतmा मिश्रको कथन रहेको छ ।

वीरगञ्जमा उपचारको क्रममा बारा, रौतहट र सर्लाहीका ३ कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जमा आइतबार कोरोनाभाइरस सङ्क्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । यहाँस्थित नारायणी अस्पतालमा उपचार गराई रहेका बारा, रौतहट र सर्लाहीका १/१ जना गरी ३

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

बारामा असार ६ गतेसम्म निषेधाज्ञा थपियो, ११ बजेसम्म पसल खोल्न पाइने

बारा जिल्लामा पनि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लम्ब्याउने निर्णय

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट