वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा लमही नगरपालिका-८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।