नेपालमा थप ६६ जनालाई कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ।

देशभर हालसम्म ८२५ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।

गत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप २७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २४, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।