नेकपाका नेता चौधरीको श्रदान्जली सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीका कर्मठ नेता दुर्योधन चौधरीको श्रद्धान्जली सभा सपन्न भएको छ । प्रसौनी गाउपालिका वडा नम्वर ५ का नेकपा नेता चौधरीको १३ औ दिनको पुण्यतिथिमा श्रद्धान्जली सभा आयोजना गरिएको थियो ।
नेकपाका प्रसौनीले आयोजना गरेको श्रद्धान्जली सभामा बोल्दै प्रमुख अतिथि समेत रहेका नेकपाका केन्द्रिय सदस्य एव बारा ईन्र्चाज बलबिर चौधरीले पार्टीले एउटा महान योद्धा गुमाएको बताए । उनको योगदना अविष्मरणिय रहने समेत बताएका छन् । स्वर्गिय चौधरीले पार्टी प्रति गरेका योगदान झै वर्तमान परिस्थितीमा सवै नेता तथा कार्यकर्ता लागेर पार्टी सहि दिशामा डोरयाउनु पर्ने अवस्था सृजना भएको बताए ।
कार्यक्रम प्रभु पटेलको अध्यक्षतामा भएको श्रद्धान्जली सभामा प्रदेश सभा सदस्य महम्मद समिर, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, रौतहट मौलापुरकी मेयर रिना कुमारी साह, नेकपा नेतागण भदो चौधरी, राजिव चौधरी, राजमहम्मद राय, लालबाबु मुखिया विन, सुधन दास, असलम देवान, सनईत साह, प्रदिप साह, बृजकिशोर साह, श्री प्रसाद पासवान, नन्दलाल ठाकुर, सुनिल पाल, देवनारायण चौधरी, रमेश चौधरी, महेश विक, प्रदिप साह, नेपाली काग्रेंसका नेता रामरतन सहनि लगायतको उपस्थिती रहेको नेकपाका युवा नेता उमेश कुशवाहाले जानकारी गराएका छन् ।