वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

प्रदेश २ मा आत्महत्या बढ्दो, दैनिक दुई जनाले गुमाउँछन् ज्यान

प्रदेश २ मा पछिल्लो समय आत्महत्याको दर बढेको छ ।

पछिल्लो ७ महिनाको अवधिमा प्रदेश २ का आठ जिल्लामा ४९२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीका अनुसार प्रदेश २ मा औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।

सबैभन्दा बढी सिरहाका ८६ जनाले आत्महत्या गरेका छन् । सप्तरीमा ५९, धनुषामा ८२, महोतरीमा ३४, सर्लाहीमा ३१, रौतहटमा ६६ , बारामा ६७ र पर्सामा ६७ ले आत्महत्या गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।

उनले दाइजो प्रथा, यौन दुर्व्यवहार, चरम गरिबी, पारिवारिक कलह, प्रेममा असफलतालगायत कारणले आत्महत्या गर्ने गरेको पाइएको बताए ।

डिप्रेसन नै मुख्य कारक : चिकित्सक

डा. दिकनाथ यादवका अनुसार कोरोना र लकडाउनका कारण उत्पन्न समस्याले मानिसलाई निराश बनाएको छ । जसका कारण मानसिक रोगीको संख्या पनि बढेको छ । मानसिक समस्या भएकाहरूले नै आत्महत्याको बाटो रोज्ने डा. यादवको भनाइ छ ।

यादवका अनुसार आत्महत्या न्यूनीकरणका लागि सबैभन्दा पहिले व्यक्तिले देखाएको अस्वाभाविक व्यवहार वा चिह्नलाई पहिचान गर्न आवश्यक छ । शिलापत्रबाट