जितपुरसिमरा उपमहानगरपालिका : आरती उद्योगमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेन

जितपुरसिमरा उपमहानगरपालिका-९ स्थित आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझ देखि लागेको आगलागी अझै नियन्त्रणमा आएको छैन ।

विद्युत शर्ट भएर शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीलाई नियन्त्रणमा लिनको लागि हिजो सांझ देखि नै वारूण यन्त्रले प्रयास गरिरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।

गएराती बारा, पर्सा र मकवानपुरका आठवटा वारुण यन्त्र परिचालन गरिएपनी आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणकालागी अझै चारवटा वारुण यन्त्र परिचालन गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

अागलागी नियन्त्रणमा आउन नसकेकोले क्षतको विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

बारामा एकै दिन ६१ जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन बारामा मात्रै ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न पालिकाहरुबाट ९४ जनाको नमुना संकलन गरिएको मध्ये ६१ जनामा संक्रमण

कोरोना संक्रमणबाट बारा जिल्लाका दुई पुरुषको उपचारको क्रममा मृत्यु

बारामा जिल्लाका दुई पुरुषको कोरोना संक्रमणका कारण छुटाछुटै अस्पतालमा उपचारको को मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला बारा फेटा गाउँपालिका वडा नं. २ बिनौली बस्ने

अवैध हतियार र गोलीसहित बाराबाट एक जना पक्राउ

जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोलस्थित बाटो छेउबाट १ थान अवैध कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित महोत्तरी गाउँपालिका-२ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरी भूमिहारलाई प्रहरीले

करेन्ट लागेर बारामा एक युवकको मृत्यु

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ बकुलियास्थित मकै बारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । स्थानीय जयनारायण चौधरीका ३० वर्षिय छोरा उपदेश चौधरीको