कोरोनाका कारण अमेरिकामा करिब पाँच लाखको मृत्यु

कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।

अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहनु भएको बताइन्छ । तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ ।

अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ । गोरखापत्र अनलाइन

२४ घण्टामा ६२९५ जना कोरोना मुक्त, ३३८४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार २९५ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका

पछिल्लो २४ घण्टामा २६० कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ

भारत : २४ घण्टामा ८९,००० बढी संक्रमित भेटिए, एकैदिन ७१३ संक्रमितको मृत्यु

भारतमा कोरोना संक्रमणको स्थिति भयावह हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८९,०१९ नयाँ संक्रमित भेटिएका छन् । यसको तुलनामा ४४,१७६ संक्रमित निको भइसकेका छन्