विराटनगरमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्ड माधव समूहका विद्यार्थी नेतासहितको टोलीले विराटनगरमा कालो झण्डा देखाएको छ।

आफ्नो समूहको आमसभाको लागि प्रदेश नम्बर १ को राजधानी विराटनगर पगेका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झण्डा देखाएको हो ।