वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

आफूले चालेको कदम लोकतान्त्रिक भएको प्रधानमन्त्री ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जान आफूले चालेको कदम लोकतान्त्रिक भएको दाबी गरेका छन् ।

सिंहदरबारमा सरकारको तीन वर्ष पूरा भएको अवसरमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्रीले भने, ‘जनताले दिएको मत अनुसार मैले सरकारको नेतृत्व गरिरहेको छु । जनताका आकांक्षा अनुसार काम गर्न केही शक्तिले मलाई काम गर्न दिएनन् । त्यसैले मैले पुनः जनताको मत लिन चाहेको हो । जनताको मत लिन जानु कसरी अलोकतान्त्रिक भयो ? कसरी प्रतिगमन भयो ?’

उनले आफूले चालेको कदम जनादेशको अपमान नभई जनादेशको सम्मान रहेको बताए । उनले भने, ‘निर्वाचनमा पराजित हुने र उही व्यक्ति झ्यालबाट जस्केलाबाट छिरेर प्रधानमन्त्री बन्ने परिपाटी बन्यो । विगतका ती कुराहरुलाई सम्झेर नै ती अस्वस्थ क्रियाकलाप नहुन भन्नका लागि मैले यो कदम चाल्नु परेको हो ।’

प्रधानमन्त्री ओलीले संसदीय समितिहरुमा विभिन्न विधेयक अल्झाइएको र प्रतिनिधिसभामा विधेयकहरुमाथि छलफल नै नचलाइएका कारण आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पष्ट पारे ।

ताजा अपडेट
लोकप्रिय