वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

प्रसौनीमा शिक्षाको विकासको लागि अतिरिक्त क्रियाकलाप

बाराको प्रसौनीमा शिक्षाको विकासको लागि अतिरिक्त क्रियाकलापमा जोड दिईएको छ । प्रसौनी गाँउपालिका वडा नम्वर ४ खुटवाजब्दीमा माध्यमिक विधालय स्तरीय हाजरिजवाफ प्रतीयोगिताको आयोजना गरिएको छ ।

जनजागरण युवा क्लबले आयोजना गरेको हाजरीजावफ प्रतियोगिताको गाउपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गिता साह र वडाध्यक्षको आन्नद कुमार गुप्ताको सयुक्त रुपमा उदघाटन गरिएको थियो ।

उदघाटन गर्दै गाउपालिका अध्यक्ष गुप्ताले गाउपालिकाको चौतर्फी विकासको लागि जे गर्नुपर्छ आफु त्यो गर्न पछि नहटने बताए । राजनितिक प्रतिशोध साध्नेले मेरो खुटा तानिरहोस तर आफु आफनो गाँउको मुहार जसरी नि फेर्ने प्रतिवद्धता गरेका छन् । हजरिजवाफ, दौड, निवन्ध, नृत्य कला लगायतको अतिरिक्त क्रियाकलाप हप्तामा एक दिन गराउन गाउपालिका अन्तर्गत रहेको हरेका विधालयलाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिएका छन् ।

गाँउपालिका अन्र्तगत नेरामावि खुटवाजब्दी, नेरामावि बेङ्गा साह, श्री उच्च मावि बेलहिया ६, र नेरामावि प्रष्टोका ५ र जनता मावि बन्जरीया गरि ५ वटा विधालयले हाजरिजवाफ प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा प्रथम, दोश्रो, तृतिय र चौथोको लागि प्रमाण पत्र र शिल्डको व्यवस्था गरिएको आयोजक सँस्थाको अध्यक्ष श्याम किशोर पण्डितले जानकारी गराएका छन् ।

विधार्थीको स्तरउन्नतीको विकासको लागि विधालयमा अतिरिक्त क्रियाकलाप समावेश गरिने हिसावले हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्न लगाईएको वडाध्यक्ष गुप्ता बताउछन । कोरोना कहरमा हरेक क्षेत्र पछाडि परेकोले देशको कर्णधार भनेको विधार्थीहरु भएकोले विधार्थीको मनोवैज्ञानिक हिसावले विकासको लागि खेलकुद, अतिरिक्त क्रियाकलापको समावेश गरि लैजाने सोच बनाएको वडाध्यक्ष बताउछन ।

प्रतियोगिताको प्रथम नेरामावि खुटवाजब्दी, दोश्रो नेरामावि बेङ्गा साह तृतिय नेरामावि प्रष्टोका र चौथो श्री उच्च मावि बेलहिया विधालय भएको थियो । विजयी टिमहरुलाई वडाध्यक्षले शिल्ड वितरण गरेका थिए ।

कार्यक्रममा गाउपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गिता साह, वडाध्यक्ष आन्नद कुमार गुप्ता, राजपका एकाई समिति सभापति मदन बहादुर क्षेत्री, बृजकिशोर साह जनता जागरण क्लबका अध्यक्ष श्याम किशोर पडित, उपाध्यक्ष शैदा खातुन, सचिव महमद दिलशाद असारी, सहसचिव सुरेन्द्र कुमार महतो, कोषाध्यक्ष चन्द्रकान्ता कुमारी, सदस्यहरु सुशिला कुमारी, राधा कुमारी प्रजापति, हरिओम कुमार प्रजापति, जितेन्द्र महतो कहार, अब्दुल कैश असारी, विक्रम ठाकुर हजाम लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट
लोकप्रिय