केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो ।

केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए। “कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ”, राईले भने ।

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ । उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ ।

मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये कोरोना सङ्क्रमणका कारण सातको मृत्यु भएको सूचना अधिकारी राईले बताए ।

गरिब राष्ट्रलाई १ अर्ब कोभिड खोप उपलब्ध गराउने जी-७ को निर्णय

धनी राष्ट्रहरूको समूह जी-७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोना भाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको

आजदेखि ६० देखि ६४ वर्षका नागरिकलाई कोरोनाविरुद्धको खोप

सरकारले आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको खोप भेरोसेल काठमाडौँ उपत्यकामा

अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने

अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । बिहिबार राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले सामाजिक सञ्जालट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकाले

प्रत्येक नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउ : कांग्रेस

नेपाली कांग्रेसले प्रत्येक नागरिकलाई कोरोनाविरूद्धको खोप दिन सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले उक्त माग गरेको हो । कोरोनाबाट प्रत्येक नागरिकलाई जोगाउन