कानु समाजको धर्मशालाका लागि २ करोड बराबरको जग्गा दान

बारामा धर्मशाला निमार्ण गर्नको लागि करिव २ करोड बराबरको जग्गा दान गरेका छन् ।

महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरमा कानु समाजको धर्मशाला बनाउनका लागि भुमि पुजन कार्यक्रम सम्पन्न भएको हो ।

स्व बुबा बिश्वनाथ साहको समृतिमा छोरा शम्भु साह, पत्नी बिजयादेवी साह, सुरेश साह उनका पत्नी संगिता देवी कानुले संयुतm रुपमा २ करोड रुपैयाको लागत पर्ने ५ कठा जग्गा कानु समाज गंजभवानीपुरलाई दान गरेपछि बिधिवत रुपमा पुजा गरि जग्गादाताले धर्मशालाको शिलान्यास गरेका थिए ।

धर्मशालाको निर्माणका गर्नको लागि महागढीमाई नगरपालिकाको तर्फबाट ३० लाखको बजेट विनियोजन गरिने नगरप्रमुख उपेन्द्र यादवले प्रतिवद्धता ब्यतm गरेका थिए ।

उपप्रमुख तारादेवीले आफनो ब्यतिmगत रु ५ लाख,, कानु कान्दु हलुयाई मधेसिया केन्द्रिय समितिको तर्फबाट महासचिव चन्देश्वर साहले रु १ लाख ११ हजार, चिन्जीवी गुप्ता १ लाख २५ हजार, गंजभवानीपुर निवासी शमभु साहले आफनो बुबा बिसुन साहको समृतिमा १ लाख ११ हजार ११ रुपैया, पर्सा जिल्ला निवासी समाजसेवी शम्भु प्रसाद साहले पनि आफनो बुबाको समृतिमा १ लाख २१ हजार सहयोग प्रदान गरेका हुन ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महागढमिाईका मेयर यादवले कानु समाजको उथ्थानका लागि स्थानिय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यतm गर्दै अधिकारका लागि सबैजना एकजुट हुनुको बिकल्प नरहेको कुरामा जोड दिएका थिए ।

धर्मशाला निर्माणबाट कानु समुदायका ब्यतिmहरु लाभान्वित नभई गढीमाई पंन्चबर्षिय मेलामा आउने भतmजनहरुलाई पनि ठुलो सहयोग हुने कुरामा जोड दिए ।

गरिव असाहय जसको घर छैन, जो आफनो छोराछोरीको ठुलठुला होटलमा विवाह गर्न सक्दैन त्यस्त सम्पुर्ण वर्गहरुलाई लाभन्वित गर्न धर्मशालाको निमार्ण भईरहेको महागढिमाईका उपप्रमुख तारा देवि कानुले जानकारी गराईन ।

जग्गादाता शमभु साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भोजपुरी कबि बिक्रम साह, कानु अगुवाहरु ओमप्रकाश गुप्ता, राधा साह, मिश्री साह, हिरालाल साह,गोपाल प्रसाद गुप्ता, शम्भु गुप्ता, विजय गुप्ता लगायतकाले आफनो बिचार ब्यतm गर्दै जग्गादातालाई प्रसंसा गरेका थिए । सोहि अवश्रमा जग्गा प्रदान गर्ने ५ जनालाई मेयर यादव र उपप्रमुख कानुले दोसल्ला ओढाई सम्मान गरेका थिए ।