वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

ईन्डो हस्पिटल टी टुवेन्टी नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गते देखि हुने

बाराको प्रसौनी गाँउपालिकाको वडा नम्बर २ प्रसौनी फिल्डमा नेपाल ईन्डो हस्पिटल टी टुवेन्टी नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गते देखि शुरु हुने भएको छ । कलैयामा मंगलवार पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो ।

फाल्गुन १ गते सम्म चल्ने सो प्रतियिोगितामा भारत बिहारका पटना,,बेतिया, प्रदेश २ का बारा, पर्सा रौतहट, सर्लाही, सिरहा र प्रदेश ३ का मकवानपुर जिल्ला गरि जम्मा ८ वटा टिमहरु सहभागिी हुने आयोजक क्लव एलेभेन स्टार क्रिकेट क्वल प्रसौनीका अध्यक्ष अतिन्द्र राउतले जानकारी दिए ।

सम्भव त यो प्रतिगोगिता प्रदेश २ कै सबै भन्दा प्रभावकारी प्रतियोगिताको रुपमा हुने आयोजकले सो अवश्रमा दावी गरेका थिए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संविधान सभा सदस्य लालबाबु सिहले खेल र खेलाडी देशको अमुल्य गहना भएको हुदा त्यसको बिकासका लागि सरकार लागि पर्नेमा जोड दिए ।

अहिलेको सरकारले खेलकुदको बिकास गर्न नसकेको हुदा खेलाडीहरुको मनोबल समेत खस्केको बताउदै संविधानसभा सदस्य सिहले नेपालको नाम खेलकुदको माध्यबाट बिश्व सामु चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्नका लागि उनीहरुको तलव अन्य सेवा सुविधाको ब्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

फरक प्रसंगमा नेपाली काँग्रेसका नेता समेत रहेका सिहले खेलाडीहरुबाट सरकार र यहाको नेताहरुले पाठ सिक्नुपर्ने बताए । फोहरी खेलमा लागेर देशको भलो हुन नसक्ने बताउदै धरापमा पारेको संघिय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबै राजनितिक शतिmहरु एकजुट भई ओलीले गरेको संसद बिघटनलाई पुनर स्थापना गराउनका लागि पहल गर्न सबैलाई आग्रह गरेका थिए ।

नेपाल ईन्डो होस्पिटल वीरगंज एवम राष्ट्रिय बाणिज्य बैक क्षेत्रिय कार्यालय वीरगंजको सहयोगमा सो प्रतियोगिता संचालन हुन लागेको आयोजक समितिका सदस्य तिरपुरारी राउतले जानकारी गराए ।

नेपाली काँग्रेसका नेता एवम पुर्व अर्थ मन्त्रि रामशरण महतले सो प्रतियोगिताको माघ २४ गते उदघाटन गर्ने कामक्रम रहेको आयोजकले जनाएको छ । समापन भने संविधान सभा सदस्य लालबाबु सिहबाट हुने आयोजक समितिका अधयक्ष राउतले भने । प्रतियोगितामा प्रथम, दोस्रो र म्यान अफदी सिरज हुनेहरुलाई विशेष पुरस्कार प्रदान गरिने छ ।

पत्रकार सम्म्ेलनमा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हरिओम सोनार लगायत पत्रकारहरुको सहभागिता रहेको छ । करिब १० लाखको लागतमा प्रतियोगिता हुन लागेको हो ।

ताजा अपडेट
लोकप्रिय