वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

अबैध लागू औषध सहित बारा प्रहरीद्वारा एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बारा ले विशेष सूचनाको आधारमा १७ गते सनिवार का दिन दिउँसो ३ बजे को समय मा प्रहरी चौकी बरियारपुर बारा बाट खटिएको प्रहरी टोलीले जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित हुलाकी राजमार्गमा चेकजाँच गर्ने क्रममा भारतीय BR05 V 7804 नम्बर को मोटरसाइकल मा सवार जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ६ धर्मपुर टोल बस्ने रामेश्वर राउत अहिरको छोरा भोला कुमार यादवलाई शंकास्पद अवस्थामा फेला पारी उस्को शरीर समेतको तलासी गर्ने क्रममा यादव ले पिठ्युमा बोकेको कालो झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध डाइजेपाम-३०० पिस, फेनारगन-३०० पिस र नुफिन-३०० पिस बरामद गरि लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबकता गौतम मिश्र बतााए ।