वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

नेकपा विवाद : निर्वाचन आयोगले बोलायो अध्यक्षसहित दुवै पक्षलाई

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले शुक्रबार बिहान साढे ११ बजे अध्यक्षसहित अध्यक्षले तोकेका पाँच/पाँचजना व्यक्तिलाई छलफल गर्न बोलाइएको छ ।

बिहीबार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाछुट्टै पत्र पठाएर आयोगले छलफलका लागि बोलाएको हो ।
निर्वाचनको तयारीका विषयमा जानकारी गराउन लागिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।

यसअघि, आयोगले दुवै समूहले गरेको पदाधिकारी हेरफेरको निर्णय अभिलेख गर्न नेकपाको विधानसम्मत नदेखिएको भन्दै अस्वीकार गरिसकेको छ ।