सेनाद्वारा सिरहाको जिवा खोलाको पुलमा फेला परेको प्रेसर कुकर बम निष्कृय

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत सिरहाको मिर्चैयामा रहेको जिवा खोलाको पुलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

मिर्चैया नगरपालिका वडा नं.५ जिबा खोलाको पुलमा अज्ञात समूहले राखेको प्रेसर कुकर बम शनिवार बिहान स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले पूर्व पश्चिम राजमार्गमा आवत जावत ठप्प पारेको थियो ।

सिरहाको चोहर्वामा रहेको सेनाको शेर गणका बम डिस्पोजल टोलिले बम डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माले बताए ।