प्रचण्ड भन्छन्– देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ ।

प्राइम टाइम्स टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’

प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।’

आफूले प्रधानमन्त्री पदमा दाबी नगरेकोसमेत प्रचण्डले बताए । ‘नेकपाको संसदीय दलको नेता म पक्कै पनि हुँ अहिले, तर यसको अर्थ म प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री केपी ओलीले देशलाई डरलाग्दो संकटको भुमरीमा हाल्दिनुभाछ । यसबाट बचाउनु छ । मुख्य काम संविधान बचाउने, प्रणाली बचाउने र जनताको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । त्यसको निम्ति फेरि पनि प्रधानमन्त्री म दाबी गर्दिनँ मैले भनेको छु ।’

उनले संविधानको रक्षा, प्रणालीको रक्षा, स्थायित्व र विकासको निम्ति नेकपा, नेपाली कांग्रेस र जसपाको बीचमा राम्रो राष्ट्रिय सहमति हुनुपर्यो भनेर छलफल गरेको जानकारी दिए । ‘हामी मिलेर नजाने हो भने संविधान बचाउन, प्रणाली बचाउन, जनताको विकास, समृद्धिको आकांक्षा सम्बोधन गर्न, राष्ट्रिय स्वाधिनता, यसको भौगोलिक अखण्डताको रक्षा गर्न गाह्रो हुने स्थिति आयो, त्यसकारण हामी एक ठाउँमा हुनुपर्यो भनेर भनेकै छौं हामीले ।’ अनलाईनखबरबाट

अखिल क्रान्तिकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले गरे रक्तदान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारी) ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वास्थ्य

तत्काल राजीनामा दिन ७ मन्त्रीहरुलाई माओवादी केन्द्रको पत्रसहितको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ। पार्टी कार्यालयका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीले आफ्नो

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको गुजरा नगरपालिका-९, सिम्रा भवानीपुरमा

संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग