जनतालाई अनुभुती हुने गरि शान्ति सुरक्षा प्रदान गर्छु : एसपी शाही

बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जनतालाई अनुभुती हुने गरि शान्ति सुरक्षा प्रदान गर्ने प्रतिवद्धता ब्यत गर्नुभएको छ ।

सोमवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपरिक्षक शाहीले अपराध कुनै हालतमा सहय नहुने कुरामा जोड दिनुभयो ।

कसैलाई काखा, कसैलाई पाखा हिसावले कुनै पनि काम नगर्ने भन्दै प्रहरी उपरिक्षक शाहीले प्रहरी, प्रशासन प्रतिको भरोसा कायम गर्नमा कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

भष्टाचार नियन्त्रण गर्ने, शुसासन कायम गर्दै हत्या हिंसा, बलात्कार जस्ता जघन्य अपराधलाई निर्मुल पार्ने अभियानमा लाग्ने उनले भन्नुभयो ।

त्यति मात्र नभई वालविाह, दाईजो प्रथालाई साईवर क्राईमलाई न्यूनीकरण गर्नेका लागि पहलकमदी गर्दै लागु औषद ओसारपसरालाई नियन्त्रण गर्नका लागि सक्रिय भई काम गर्ने बतानुभयो ।

बिना झनझट जनताको कामकाज छिटो छरितो गर्नका लागि मातहतका सबै यूनिटलाई निर्देशन दिईसकेको बताउदै सेवा प्रभावकारी हुनमा आफु आसावादी रहेको तर्क गर्दै कुनैपनि वहनामा जनताको कामकाजमा ढिलाई भए त्यसता कर्मचारीलाई कार्यवाहिको दायरामा ल्याउने जानकारी दिनुभयो । कसैको दवाव र प्रभावमा नपरी प्रहरी ऐन र कानुन बामेजिम काम गर्ने उदघोष गर्नुभयो ।

तस्करी, लागु औषध नियन्त्रण, रक्सी भठीलाई पुर्ण रुपमा निषेद गर्ने भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारीलाई लेनदेनवाट टाढा रहन निर्देशन दिनुभयो ।

स्व पत्रकार बिरेन्द्र साहका हत्यरालाई कानुनी दायरामा ल्याउनलाई समेत कुनै कसर बाकी नराख्ने प्रतिवद्धता ब्यतm गर्नुभएको थियो । गरेका थिए । भेटघाटको सहजीकरण प्रहरी उपरिक्षक गौतम मिश्रले गर्नुभएको थियो ।