पछिल्लो २४ घण्टामा ३ सय ६२ काेराेना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ।

शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ६२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ६ सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ६२९५ जना कोरोना मुक्त, ३३८४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार २९५ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको

पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका

पछिल्लो २४ घण्टामा २६० कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ

भारत : २४ घण्टामा ८९,००० बढी संक्रमित भेटिए, एकैदिन ७१३ संक्रमितको मृत्यु

भारतमा कोरोना संक्रमणको स्थिति भयावह हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ८९,०१९ नयाँ संक्रमित भेटिएका छन् । यसको तुलनामा ४४,१७६ संक्रमित निको भइसकेका छन्