बाराबाट सरुवा भए प्रहरी उपरिक्षक कृष्ण पंगेनी

बाराको प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीको बाराबाट महानगरिय अपराध महाशाखा काठमाण्डौ सरुवा भएका छन ।

प्रहरी प्रधान कार्यालयले ३० प्रहरी प्रमुखको सरुवा गरेसगै पंगेनीको समेत सरुवा भएको हो । पंगेनीले बारामा बसेर शान्ति, शुरक्षासगै अपराधिक गतिबिधि नियन्त्रण गर्न उल्लेख्य भुमिका खेलेका थिए । पंगेनीको नेत्ृत्वमा स्व. पत्रकार बिरेन्द्र साहका हत्यारा कुन्दन फौजदार र हरेराम पटेललाई फरार भएको १३ बर्षपछि पक्राउ गर्न सफल भएका थिए ।

त्यसैगरी सिम्रौनगढका जमिन्दार जयमंगल कुश्वाहालाई हत्या गरी ३० बर्ष देखि फरार अपराधि श्यामकिसोर कुशुवाहा, ११ बर्ष अघि शिक्षक प्रदिप तिमल्सिनाको हत्या गरी फरार नन्दु बैठा लगायत करिब ८० फरार अपराधि पक्राउ गर्न सफल भएका थिए । त्यसैगरी काला बजारी गर्ने तीन उद्योगहरु बिरुद्ध कार्वाही गर्न सफल भएका थिए ।

सिमा क्षेत्रबाट हुने अपराध नियन्त्रण गरी अबैध रकम नियन्त्रण गरी सरकारलाई करिब पाँच करोड राजस्व संकलन गर्न सफल भएका थिए । कोरोना महामारीमा अग्रपतिमा रहेर प्रशसनिय काम गर्न सफल पंगेनी प्रदेश सरकारबाट समेत प्रदेश भरीबाट उत्कृष्ट प्रहरी प्रमुख भई सम्मानित समेत भई सकेका छन् ।

बारामा एक बर्ष बिताएका पंगेनीले अन्य प्रहरी प्रमुख भन्दा भिन्न उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन । पंगेनीका स्थानमा बारामा प्रहरी प्रधान कायार्यालय घुम्ति पर्यटक प्रहरी कार्यालय नक्साल काठमाण्डौबाट दिपेन्द्र शाही बारा सरुवा भएका छन ।

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट

कलैया उपमहानगरपालिका : नाबालकहरूको हत्यामा संलग्न एक जना पक्राउ

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारीको हत्यारा लाई बारा प्रहरी ले

नेपाल खेलकुद महासंघद्वारा बारा प्रहरीलाई स्वास्थ्य समाग्री बितरण

नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीले शुक्रबार जिल्ला प्रहरी कार्यालय बारालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । महासंघको केन्द्रिय कार्यक्रम ‘कोभिड, नो भिड’ भन्ने मूल नाराका