श्रोत नखुलेको ८ लाख रुपैयाँसहित सिम्रौनगढका एक जना पक्राउ

श्रोत नखुलेको ८ लाख रुपैयाँसहित सिम्रौनगढका एक जना युवालाई रौतहट प्रहरीले मंगलवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वार्डा नम्बर १ का लक्षमण साहको छोरा धिरेनद्र साह रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले सडकमा सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका साहलाई पक्राउ गरेको छ । साहबाट प्रदेश १–०२०४२ प २००० नम्बरको मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहले बोकेको झोला खोली चेकजाँच गर्दा भारतबाट ल्याएको स्रोत नखुलेको अबैध नेपाली रुपैयाँ आठ लाख फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सिद्वीबिक्रम शाहले जानकारी दिएकाछन् । साहलाई रकमसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरिक्षक राकेश यादवले जानएका छन् ।

ऐतिहासिक, पर्यटकिय क्षेत्र सिम्रौनगढ बिशेष

मोहन लामिछाने बारा जिल्लाको सदरमुकाम कलैयाबाट पुर्वी भेगमा करिब २० कि.मि. टाढा रहेको सिम्रौणगढ आफ्नो ऐतिहासिक पृष्ठभुमी बाकेको नेपालको सांस्कृतिक सम्पदा मध्ये एक हो ।