वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

वीरगञ्जबाट १०५ किलो गाँजा लोड गरिएको ट्रकसहित ७ जना पक्राउ

पर्सा प्रहरीले ट्रकमा लोड गरेर राखिएको भारी मात्रामा लागुऔषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को लालपर्सामा रोकी राखेको ट्रकबाट १ सय ५ किलो गाँजासहित ७ जना पक्राउ परेका हो ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लालपर्सा गाउँमा रोकी राखेको ना ४ ख ६५२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकभित्र लुकाई छिपाई राखेको अवस्थामा १ सय त किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ट्रकमा रहेका मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ निवासी चालक लक्ष्मण सिटौला, २४ वर्षीय विजय तामाङ, १८ वर्षीय प्रभात तामाङ, मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर १० निवासी २६ वर्षीय रामलाल गोले, धादिङ जिल्लाको रोराङ गाउँपालिका वडा नम्बर १ निवासी ३७ वर्षीय निरज लामा, चितवन जिल्लाको राप्ति नगरपालिका वडा नम्बर २ निवासी ५० वर्षीय रानुलाल तामाङ र पर्साका सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ निवासी ५१ वर्षीय मियाव आलम रहेका छन् ।

माल समान राख्ने ठाउँमा चेक गर्दा कालो त्रिपालले छोपी राखेको अवस्थामा गाँजाको चिप्पड बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता कृष्णकुमार महतले जानकारी दिए । उनका अनुसार सबै गाँजा विभिन्न रंगका प्लास्टिकले बेरेर ट्रकभित्र राखिएको थियो ।

पक्राउ परेका सातै जनाविरुद्ध थप अनुसन्धान थालिएको पर्सा प्रहरीको भनाइ छ ।