सर्लाहीका प्रहरी प्रमुखले नै मन्त्री साहविरुद्ध षड्यन्त्र गरेको खुलासा

नेपाल कम्युनिष्ट पार्टी (नेपाल–प्रचण्ड) समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा सर्लाहीका प्रहरी प्रमुखले नेकपा प्रदेश २ का अध्यक्ष तथा शहरी विकास मन्त्री प्रभु साहविरुद्ध षड्यन्त्र गरेको खुलासा भएको छ ।

शनिवार मन्त्री साह रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवनमा उनको गाडीसंग झुक्किएर लड्न पुगेछन । यस विषयमा विस्तृतमा बुझ्दै जादा यसमा सर्लाहीका एसपी सन्तोष सिंह राठौरको यसमा षड्यन्त्र रहेको खुल्न आएको छ ।

सर्लाही प्रहरी स्रोतका अनुसार एसपी राठौरले सर्लाही प्रवेश गरेपछि मन्त्री साहको गाडीलाई स्कर्टिङ पठाएनन् । बागमती देखि लालबन्दीसम्म गाडीलाई स्कर्टिङ दिइएको थिएन । हरिवनमा एक जना यात्रु मन्त्री साहको गाडी तर्फ दगुरेर आए अनि गाडीसंग झुकÞिएर लड्न पुगेका रहेछन् ।

तर लगत्तै उक्त मान्छे उठेर त्यहाँबाट हिडिसकेपछी मन्त्री साह त्यहाँबाट गएको सिसिटिभीबाट देखिन्छ । तर प्रहरीले भ्रामक अभिव्यक्ति दिएर एवं सिसिटिभीको आधा भिडियो काटेर बाहिर ल्याएपछी अन्य मिडिया भ्रमित हुन पुगेछन् । जबकी उक्त गतिविधि हुँदै गर्दा एसपी राठौर सम्पूर्ण गतिविधिबारे जानकार नै थिए ।

सर्लाही प्रहरी स्रोतका अनुसार हालका एसपी सन्तोष सिंह राठौर पहिला प्रचण्डको अंगरक्षक भएको र उनी निरन्तर प्रचण्डको इशारा मात्र काम गर्ने गरेका छन् । एसपीले स्कर्टिङ रोक्नु र यात्रु जानी जानी गाडीतर्फ आउनु र सामान्य बिषयलाई अतिरंजित ढंगले बकतब्य दिनु प्रचण्डको ग्रान्ड डिजाइन रहेको खुल्न आएको छ ।

मधेशमा लोकप्रिय मन्त्री साह पछिल्लो दिनमा पार्टीको भेलाहरुमा सहभागी हुन प्रदेश २ मा छन् । भ्रमणको क्रममा घटना गरेर बदनाम गर्ने नियतले प्रचण्डले यस्तो गरेको आरोप सामाजिक संजालदेखि स्थानीयस्तर सम्म लागिरहेको छ । साभार : हाम्रो इकोनमी डट कम