प्रचण्डले मधेशलाई निरन्तर धोका दिदै आएका छन : प्रभु साह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले पुष्पकलम दाहाल प्रचण्डले मधेशलाई निरन्तर धोका दिदै आएको बताएका छन् ।

शनिवार महोत्तरीको जलेश्वरमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले प्रचण्डले पटक पटक मधेशलाई झुटा प्रतिबद्धता जाहेर गरेर हरेक पटक धोका मात्र दिएको बताए ।

जनयुद्धको समय देखि हालसम्म निरन्तर जनतालाई आशलाग्दा एवं महत्वाकांक्षी वाचा गरेर पछि मधेशसंग घात गरेको नेता साहको भनाइ छ । प्रचण्डझैँ प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशसंग कुनै गलत वाचा नगरेको स्पष्ट पार्दै नेता साहले मधेशको विकास प्रधानमन्त्रीको उद्देश्य रहेको बताए ।

‘तपाईहरुलाई याद छ, प्रचण्डले मधेशलाई छुट्टै प्रदेश बनाउने भन्नुभयो, आत्मनिर्णयको अधिकार दिलाउने भन्नुभयो, बराबर अधिकार दिलाउने भन्नुभयो । त्यही नाममा मधेशी सपुतलाई बली चढाउने पनि प्रचण्ड नै हो । पछि मधेशसँग लभ पर्यो भनेर भन्ने पनि यहि प्रचण्ड हो’ मन्त्री साहले भने, ‘तर आज देख्न सक्नुहुन्छ प्रचण्डले भनेको केही पनि पूरा भएको छ ? प्रचण्डले मधेशलाई निरन्तर धोका मात्र दिनुएको छ ।’

वर्तमान परिवेशमा देशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र अग्रगामी दिशाबोध गर्न सक्ने बताउँदै यस महाअभियानमा लाग्न सबैलाई आग्रह गरे ।

‘एकातिर प्रचण्डले झुट मात्र बोलेर धोका दिदै आएको अवस्था छ । अर्कोतिर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भने मधेशलाई ढाट्ने, छल गर्ने काम कहिलै गर्नुभएन । उहाँले हरेक पटक मधेशलाई विकसित बनाउने वाचा मात्र गर्नुभयो, जुन पूरा हुँदै छ । आज मधेशको कुना कुना विकास निर्माण कार्य भईरहेको छ’ नेता साहले थपे, ‘मधेशलाई झुटा वाचा गरेर छल गर्ने प्रचण्ड चाहिन्छ कि बोलेर पूरा गर्ने केपी ओली चाहिन्छ, त्यो तपाईले छनोट गर्नुछ, बेला यही हो ।’

भ्रमपूर्ण अतिरंजित समाचारप्रति गम्भीर ध्यानाकर्षण

यसैबीच रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीमा गाडीबाट झुकिएर लडेको व्यक्तिलाई ‘ठक्कर दिएर भागे’ भन्दै केही अनलाईनले प्रकाशित गरेको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको मन्त्री साहले जनाएका छन् ।

सर्लाहीको हरिवन चौकमा मन्त्री साह चढेको गाडीबाट झुकिएर लडेको व्यक्तिलाई केही पनिन नभएकाले ढुक्क भएर हिडेको समान्य बिषयलाई समेत लिएर बदनाम गर्ने उदेश्यले अतिरंजित बनाउँन खोजिएको भन्दै उनले ध्यानाकर्षण भएको जनाएका छन् ।

‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाड़ीबाट झुकिएर लड़ेको व्यक्तिलाई केही पनि नभएकोले ढुक्क भएर हिडेको सामान्य बिषयलाई ‘ठक्कर दिएर भागे’ भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी ‘खुलेको’ भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ ।’ मन्त्री साहले समाजिक सञ्चालन फेसबुकमा लेखेका छन् ।

नागरिकत्ता अध्यादेश कार्यान्वयन नगर्नु भनेर फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउँन नेता प्रभु साहको माग

निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु माथि महाअभियोग लगाउँनुपर्ने

प्रभु साहले भने नागरिकता अध्यादेश २०७८, प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी

निवर्तमान शहरी विकास मन्त्री एवं नेता प्रभु साहले नेपाली नागरिकता (पहिलो संशोधन ) अध्यादेश २०७८, प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् । आइतबार

अखिल क्रान्तिकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले गरे रक्तदान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारी) ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वास्थ्य

गलत संवैधानिक प्रावधानले गर्दा मुलुक संकटग्रस्त: मन्त्री साह

शहरी विकास मन्त्री प्रभु साहले गलत संवैधानिक प्रावधानले नै गर्दा मुलुक संकटग्रस्त बन्दै गएको बताएका छन् । नेपाल टेलिभिजनमा एक अन्तर्वार्ताको क्रममा मन्त्री साहले हठपूर्वक