‘प्रचण्डले पार्टी निर्माण गर्नु र बैलले दुध दिनु उस्तै हो’ : प्रभु साह

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल गुठ त्यागेर ओली गुठबाट शहरी विकासमन्त्री बनेका प्रभु साहले प्रचण्ड नक्कली कम्युनिष्ट भएको दावी गरेका छन् ।

पार्टीमाथि ‘कु’ गरेर आफ्ना कमरेडहरुको पिठ्युमा छुरा प्रहार गर्ने प्रचण्ड नक्कली कम्युनिष्ट भएका मन्त्री साहले बताएका हुन् ।

वीरगञ्जस्थति टाउन हलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली गुठद्वारा आयोजित प्रदेश स्तरीय भेललाई सम्बोधन गर्दै मन्त्री साहले षडयन्त्र पूर्वक आफ्नो हस्ताक्षर किर्ति गरेर प्रचण्ड-नेपाल समूहले दुरुपयोग गरेको आरोप लगाए ।

‘असारमा मैले गरेको हस्ताक्षरलाई प्रधानमन्त्री केपी शर्मा ओलीमाथि महाअभियोग लगाउँन प्रचण्डले दुरुपयोग गरे,’ साहले भने, ‘यस्तो षडयन्त्र गर्ने व्यक्ति कम्युनिष्ट कसरी हुन् सक्छ? सक्कली कम्युनिष्टहरुले छल गर्न जान्दैनन् । प्रचण्ड कपटी हुन्, छल गर्छन र फेरी गरें ।’

संसदीय दलको बैठकसमेत नबोलाएर पार्टीको विधि र विधान विपरित आफुलाई प्रधानमन्त्री बनाउँने लहडमा प्रचण्डले सबैसँग धोका गरेको मन्त्री साहले बताए । प्रधानमन्त्री ओलीमाथि महाअभियोग लगाएर नयाँ तरिकाले पार्टी निर्माण गर्ने प्रचण्डको कुरालाई साहले बैलले दुध दिने झैँ भएको बताए ।

‘पार्टी निर्माण गर्छु भन्छन प्रचण्डले, साहले व्यङ्ग गर्दै भने, ‘बैलले दुध दिएको सुन्नु भएको छ तपाईले? बैलले दुध दिनु र प्रचण्डले पार्टीनिर्माण गर्नु उस्तै उस्तै हो ।

मन्त्री साहले पार्टीका कार्यकर्ताहरुले सहि व्यक्तिलाई छान्ने समय आएको बताए । ‘परिवार मोह र सत्ता मोहभन्दा माथि उठ्न नसक्ने प्रचण्डलाई छान्नु हुन्छ की देशको समृद्धि, विकास र विदेशी शक्तिहरुको प्रहारबाट हामीहरुलाई रक्षा गर्ने केपी कमरेडलाई छान्नु हुन्छ? इच्छा तपाईको छ ।’

प्रचण्ड-नेपाल समूह तर्फ रहेका नेता कार्यकर्ताहरुलाई उनले गल्ती सच्याएर केपी ओली समूहलाई रोज्न उनले आग्रह गरे । उनले सही क्रान्तिकारीलाई छानेर गलत र कपटी क्रान्तिकारीलाई वहिष्कार गर्न सुझाव दिएका थिए ।

संसद् विघटनको विषयमा बोल्दै मन्त्री साहले देशलाई नक्कली क्रान्तिकारीहरुबाट छुट्कार दिलाएर नयाँ नेतृत्वको हातमा सुम्पिन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको बताए । देशको लागि काम गर्न लाग्दा समेत पार्टीबाट पटक-पटक अफ्ठ्यारोमा परेपछि ओलीले एक पटक पुन: जनतालाई सहि र गलत छुट्याएर असल व्यक्तिलाई सत्ताको साँचो दिन अवसर दिएको उनले दावी गरे ।

भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, सत्यनरायण मण्डल लगायतका नेताले सम्बोधन गरेका थिए ।

६५ किलो गाँजासहित वीरगञ्जमा एक जना पक्राउ

वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका- ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको

नागरिकत्ता अध्यादेश कार्यान्वयन नगर्नु भनेर फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउँन नेता प्रभु साहको माग

निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु माथि महाअभियोग लगाउँनुपर्ने

हुण्डीको ३ लाख रकमसहित १ जना पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको ३ लाख अवैध रकमसहित १ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षीय अमित कुमार

कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जमा ६ सङ्क्रमितको मृत्यु

कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जका विभिन्न अस्पतालमा बुधबार ६ जनाको मृत्यु भएको छ । यहाँस्थित नारायणी अस्पताल, भवानी अस्पताल, नारायणी वयोधा अस्पताल, वीरगञ्ज हेल्थकेयर अस्पतालमा कोरोना सङ्क्रमण