२४ घण्टामा ६ सय संक्रमित डिस्चार्ज, ७ जनाको मृत्यु

 पछिल्लो २४ घन्टामा ६ सय संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या  २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८ सय ४७  पुगेकाे छ ।