वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

सुमोले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

झापाको कमल गाउँँपालिका–५ मा टाटा सुमोले ठक्कर दिँदा एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

लभडाँडा सडकखण्डमा शनिबार (आज) बिहान पूर्व जाँदै गरेको मे १ ज २००४ नम्बरको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सुमो र त्यसका चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।