भारत भ्रमणमा जाँदै प्रधानमन्त्री

संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्ने भएका छन् ।

आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ – चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उनले भारत भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्र समेत परिचालन भइसकेको बताइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिमरुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जाने भएका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंहलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । भारत भ्रमण कति दिनको हुने टुंगो लागिनसकेको बताइएको छ ।

भारत भ्रमणका क्रममा महत्वपूर्ण निर्णय दुई देशबीच हुन सक्ने आकलन गरिएको छ । चौतर्फी विरोधको सामना गरी रहेका प्रधानमन्त्री ओलीले मुलुकको हितभन्दा पनि सत्ता टिकाउन भारतसँग सम्झौता गर्न सक्ने भन्दै विभिन्न दलका नेताहरु सशंकित भएका छन् ।

वाइसीएलद्वारा असंवैधानिक कदमको विरोध

रमेश साह राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। नेकपा माओवादी केन्द्र भातृ संगठन वाइसीएल नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध

सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग लिखित जवाफ

सर्वोच्च अदालतले शपथसम्बन्धीको रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ ग्रहरण सम्बन्धी परेका चारवटा रिटमाथि

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा

सरकारको ध्यान कोभिड–१९ रोकथाम र उपचारमा केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान अहिले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा केन्द्रित भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री