कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

नेपाली कांग्रेसले यही पुस १३ गते देशका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

साथै कांग्रेसले यही पुस १६ गते देशव्यापी रुपमा मेलमिलाप दिवस मनाउने भएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै विरोध जनाएको छ।

कांग्रेस बैठक मंगलबारदेखि जारी छ।

प्रत्येक नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउ : कांग्रेस

नेपाली कांग्रेसले प्रत्येक नागरिकलाई कोरोनाविरूद्धको खोप दिन सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले उक्त माग गरेको हो । कोरोनाबाट प्रत्येक नागरिकलाई जोगाउन

सरकारबारे काँग्रेसमा दुई धार

सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसभित्र सभापति

काँग्रेस नेता अशोक कोइरालाको निधन

नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन

संसद पुनरस्थापना भए देशमा अझै अन्योलता र जटिलता थप्ने निश्चित : केस साउद

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्रि एनपी साउदले संसद पुनरस्थापना भए देशमा अझै अन्योलता र जटिलता थप्ने निश्चित भएको कुरामा जोड दिएका छन ।