ट्रक भिरबाट खस्दा ३ को मृत्यु

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ को भोक्रोफाट भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
कालीगण्डकी करिडोरमा प्रयोग हुँदै आएको ना ३ ख ५३३९ नम्बरको ट्रक भिरबाट खस्दा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुने सबै पुरुष रहेको तर वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीका प्रमुख (डीएसपी) मोहन बहादुर खाँणले बताए । उक्त ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसी पुगेर आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । सो ट्रक कालीगण्डकी करिडोरकै काममा प्रयोग गरिदै आएको खुलेको छ ।