विश्व बैंकसँग साढे ९ अर्बको सहयोग सम्झौता, आर्थिक पुनरूत्थान अभिवृद्धिमा खर्च गरिने

नेपाल सरकार र विश्व बैंकबीच रु साढे नौ अर्ब (आठ करोड अमेरिकी डलर) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।

आयोजनाको मुख्य लक्ष्य ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्ध गर्दै कोभिड–१९ पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने रहेको मन्त्रालयले जनाएको छ ।

यो आयोजना प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन गरिनेछ ।

यस्तै प्रदेश र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था तथा साना र मझौला कृषि उद्यमीसँग सहकार्य गर्दै कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्न र उद्यमशीलता र पर्या–प्रणालीको सुदृढीकरणमा खर्च गरिनेछ ।

त्यसैगरी ग्रामीण उत्पादक समूह र निजी क्षेत्रका क्रेताबीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै रोजगारीको सिर्जना गरिने भएको छ ।

अर्थ मन्त्रालयका सचिव ढुङ्गानाले सो आयोजनाले ग्रामीण उद्यम र साना उत्पादक समूहलाई बजार र संस्थागत खरिदकर्तासम्म जोड्ने बताए ।

उनले भने, “कृषि क्षेत्र र बजारको दिगो सम्बन्धलाई स्थापित गर्दै यस आयोजनामार्फत प्रोत्साहित गरिने कृषि व्यवसाय प्रतिस्पर्धाले कोभिड महामारीपश्चात्को आर्थिक पुनःरुत्थानलाई सघाउने छ ।”

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरण गर्न र अर्थिक पुनःरूत्थानलाई गति दिने विश्वास व्यक्त गरे ।

“विभिन्न साझेदारसँगको अर्थपूर्ण सहकार्यलाई बढावा दिँदै यस आयोजनाले विशिष्ट नेपाली कृषि उपजहरू जस्तैः कफी, चिया, फलफूल, औषधिजन्य र अन्य उत्पादनलाई विश्व बजारमा पुर्याउन बाटो खोल्नेछ”, उनले भने ।

यसैबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसबीच भेटवार्ता भएको छ । सो अवसरमा सहायता परिचालन बढाएर जाने, पाइपलाइनमा रहेका आयोजनालाई छिटो अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

विश्वकप छनोटमा नेपाल अस्ट्रेलियासँग पराजित

कतार विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग ३–० गोलअन्तरले पराजित भएको छ । कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार राति भएको खेलमा

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल फराकिलो गोलअन्तरले पराजित

मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले

देशभर थपिए ४४८७ जना कोरोना संक्रमित, ६०८० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा

८,१७३ जना संक्रमित थपिँदा ७,९८९ जना डिस्चार्ज, २४६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३