कलैया स्थित साह गेष्ट हाउसबाट जुवा खेल्ने ५ जना पक्राउ

बाराको कलैया उपमहानगरपालिका वडा नं.४ स्थित हजारी मार्केटको माथिलो तल्लामा सञ्चालीत शाह गेष्टबाट जुवा खेली रहेको अवस्थामा पाँच जना जुवाडीलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नं.२५ बस्ने वर्ष ४० को भोला पटेल कलैया वडा नं.१ बस्ने वर्ष ३९ को सुरेन्द्र साह सोनार । वडा नं.६ बस्ने वर्ष ४५ को राजकिशोर साह ,वडा नं.२७ बस्ने वर्ष २७ को मन्तोष राउत कुर्मी र महागढीमाई न.पा.वडा नं.१ बस्ने वर्ष ५५ को पारस चौधरी रहेको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाका आधारमा सोमवार राती जिल्ला प्रहरी कार्यालय बाराबाट खटिको प्रहरी टोली उक्त गेष्टहाउसमा पुगी घेराबन्दी गरी सर्च गर्दा उक्त गेष्ट हाउसको कोठा नम्बर २०२ भित्र जुवा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरु संग जुवा खालबाट नगद तीन लाख चौध हजार तीन सय सन्ताउन र १६ थान कौडा बरामद भएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरीकार्यालयको हिरासतमा राखी थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन् ।

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट

कलैया उपमहानगरपालिका : नाबालकहरूको हत्यामा संलग्न एक जना पक्राउ

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारीको हत्यारा लाई बारा प्रहरी ले

नेपाल खेलकुद महासंघद्वारा बारा प्रहरीलाई स्वास्थ्य समाग्री बितरण

नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीले शुक्रबार जिल्ला प्रहरी कार्यालय बारालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । महासंघको केन्द्रिय कार्यक्रम ‘कोभिड, नो भिड’ भन्ने मूल नाराका