संसद विघटनलगायतका संकट गलत संवैधानिक व्यवस्थाको उपज : प्रभु साह

 प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र जनादेश विपरीत रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले आपत्ति जनाएका छन् । नेता साहले यो परिघटना वर्तमान त्रुटिपूर्ण संविधानको उपज रहेको जीकिर गरेका हुन् ।

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले लगभग दुई तिहाईको बहुमतको साथ स्थिरता र तीव्र विकासको दिशामा अघि बढ्नुको सट्टा चुनावको विकल्प रोज्नु आत्मघाती भएको बताएका हुन् । नेपालको संविधान विश्वको अन्य राष्ट्रको भन्दा फरक र अन्य सबैखाले शासकीय स्वरुपहरुको खिचडी भएकोले संसद बिघटन जस्ता विभिन्न असंवैधानिक कार्यहरू भईरहेको बताए ।

‘विश्वको जुनसुकै राष्ट्रहरुमा शासकीय स्वरुप एउटा निश्चित सिद्धान्त (मूल्य र मान्यता) को आधारमा तय गरिएको हुन्छ तर नेपालको शासकीय स्वरुप विपरीत सिद्धान्तहरुको खिचडी हो ।’ नेता साहले भने, ‘सामन्तवादी, पुँजीवादीरदलाल(पुँजीवादी, सर्वहारावादी पश्चगामी, यथास्थितिवादी र अग्रगामी बिचार र सोचवाला पार्टीहरुको निहित स्वार्थमा तयार भएको कनफ्यूजन व्यवस्थाले गर्दा नै यस्तो परिणाम देखिएको हो ।’

‘यसमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको तालमेलको पनि अभाव छ । जसले गर्दा अस्थिरता र अराजकता अझ बढ़ने निश्चित छ ।’ नेता साहले थपे, ‘अहिले देशमा देखिएको संसद विघटनको घटना पनि त्यसकै उपज हो । जुन आपत्तिजनक छ ।’

नागरिकत्ता अध्यादेश कार्यान्वयन नगर्नु भनेर फैसला गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउँन नेता प्रभु साहको माग

निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु माथि महाअभियोग लगाउँनुपर्ने

वाइसीएलद्वारा असंवैधानिक कदमको विरोध

रमेश साह राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। नेकपा माओवादी केन्द्र भातृ संगठन वाइसीएल नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध

प्रभु साहले भने नागरिकता अध्यादेश २०७८, प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी

निवर्तमान शहरी विकास मन्त्री एवं नेता प्रभु साहले नेपाली नागरिकता (पहिलो संशोधन ) अध्यादेश २०७८, प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् । आइतबार

अखिल क्रान्तिकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले गरे रक्तदान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारी) ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वास्थ्य