वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

बारामा फरार रहेका ८ प्रतिवादी पक्राउ

प्रहरीले सार्वजनिक अपराध तथा जालसाझी मुद्धाका ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको कलैया उपमहानगरपालिका–१ बस्ने वर्ष ५५ का महादेव, सोही स्थान बस्ने वर्ष ३० का संतोष माझी, वर्ष २३ का गुन्ज माझी, वर्ष २७ का मनु माझी छन् ।

यसैगरी, सोही स्थान बस्ने २५ वर्षीय भनु माझी, ३५ वर्षीय बेल्दार माझी, ६८ वर्षीय चन्चन साह कानु र ६९ वर्षीय नथुनी साह छन् ।

बारा जिल्ला अदालतले उनीहरुलाई सार्वजनिक अपराध तथा जालसाझी मुद्दामा दोषी ठहर गर्दै जरिवाना तोकेको थियो ।