वीरगन्जबाट बरामद भएको साढे २३ किलो सुनको मालिक नभेटिएपछि लिलामी प्रकृया सुरु

जिल्ला प्रहरी कार्यालय, पर्साले विशेष सर्च अप्रेसन गरेर वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट बरामद गरेको साढे २३ किलो सुनोको मालिक नभेटिएपछि लिलामी प्रकृया सुरु गरिएको छ ।

प्रहरी अनुसन्धानमा सुनको मालिक नभेटिएको जिल्ला प्रहरी कार्यालय , पर्साले सुनलाई राजश्व अनुसन्धान विभाग पथलैयामा बुझाएको थियो ।

विभागले सुनलाई लिलामीमार्फत बिक्री गर्ने प्रकृया सुरु गरेको छ । बिक्रीबाट आउने रकम राज्य कोषमा जम्मा हुने छ । प्रहरीले सुनको झण्डै १९ करोड रुपैयाँ आंकलन गरेको थियो ।

गत कार्त्तिक १ गते जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्याल , विर्ताको संयुक्त टोलीले भारतीय नागरिक अशोक सिन्हा नामक व्यक्तिको अपार्टमेन्टमा छापामारी गरेर २२ केजी ५ सय ७६ ग्राम सुनका बिस्कुटहरु , ५ सय ७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गहना तथा भाँडाकुडा बरामद गरेको थियो ।

पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले तत्कालीन समयमा सुन मालिक नभेटिएपछि राजश्वमा बुझाईएको बताईन् ।

सिन्हा भारतीय जनता पार्टीबाट रक्सौल विधानसभाबाट निर्वाचित विधानसभा सदस्य प्रमोद सिन्हाका भाई हुन् ।

६५ किलो गाँजासहित वीरगञ्जमा एक जना पक्राउ

वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका- ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको

हुण्डीको ३ लाख रकमसहित १ जना पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको ३ लाख अवैध रकमसहित १ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षीय अमित कुमार

५३ लाख ८० हजार अवैध रकमसहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ५३ लाख ८० हजार अवैध रकमसहित २ जनालाई पक्राउ गरेको छ । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा अवैध वित्तीय कारोवार

कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जमा ६ सङ्क्रमितको मृत्यु

कोरोनाभाइरस सङ्क्रमणबाट वीरगञ्जका विभिन्न अस्पतालमा बुधबार ६ जनाको मृत्यु भएको छ । यहाँस्थित नारायणी अस्पताल, भवानी अस्पताल, नारायणी वयोधा अस्पताल, वीरगञ्ज हेल्थकेयर अस्पतालमा कोरोना सङ्क्रमण