श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । तीन वर्षदेखि उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै पक्राउ पुर्जी जारी गरिएको हो ।

रौतहट प्रहरीको परिपत्र अनुसार उनीहरुको काठमाडौंमा खोजी भइरहेको प्रहरीले बताएको छ । आन्दोलनमा उत्रिएका उखु किसानसँग गतवर्ष सरकारले गरेको सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै अहिले पनि किसान आन्दोलनमा छन् । श्रीराम सुगर मिलले किसानको करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गृह मन्त्रालयले किसानको पैसा नदिने सुगर मिल सञ्चालकविरुद्ध कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासनले निर्देशन दिएपछि प्रहरी सक्रिय भएको हो ।

वीरगञ्जमा उपचारको क्रममा बारा, रौतहट र सर्लाहीका ३ कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जमा आइतबार कोरोनाभाइरस सङ्क्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । यहाँस्थित नारायणी अस्पतालमा उपचार गराई रहेका बारा, रौतहट र सर्लाहीका १/१ जना गरी ३

कोरोना संक्रमणबाट दुई वडा अध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुईजना वडाध्यक्षको मृत्यु भएको छ । बिहीबार राति गरुडा नगरपालिका–२ गेडही गुठीका वडाध्यक्ष विष्णुदेव सहनीको मृत्यु भएको हो । उनको

कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु

कोरोना संक्रमणका कारण रौतहटको गरुडा नगरपालिकाका वडा नं.७ का अध्यक्षको मृत्यु भएको छ । ५५ वर्षिय वडा अध्यक्ष रामेश्वर राय यादवको उपचारको क्रममा मृत्यु भएको

प्रचण्डलाई शहिदको श्राप लाग्छ – कान्ति देवी

गौर। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतोले आफ्नो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लाग्ने बताएकी छिन् । प्रचण्डले उपप्रमुख महतोलाई पदमुक्त गरेको