लेनदेन मुद्धाका फरार प्रतिवादी परवानीपुरबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय, बाराले लेनदेन मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिकको बहुअरी गा.बि.स.–४ हाल परवानिपुर गाउँपालिका–५ बस्ने ५८ वर्षीय चक्रपती प्रसाद यादव छन् ।

हिजो इलाका प्रहरी कार्यालय, परवानीपुरबाट प्रहरी नायब निरीक्षक उपेन्द्र साहको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

बारा जिल्ला अदालत कलैया बाराले लेनदेन मुद्धामा उनलाई उनलाई दोषी ठहर गर्दै २०६८ असार १२ गते १ वर्षको कैद सजाय तोकेकोमा उनी फरार भएका थिए ।

फरार रहेका उनलाई खोजतलास गर्दै जाँदा सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित अमृत कम्पनीको नजिकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

वीरगञ्जमा उपचारको क्रममा बारा, रौतहट र सर्लाहीका ३ कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जमा आइतबार कोरोनाभाइरस सङ्क्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । यहाँस्थित नारायणी अस्पतालमा उपचार गराई रहेका बारा, रौतहट र सर्लाहीका १/१ जना गरी ३

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

बारामा असार ६ गतेसम्म निषेधाज्ञा थपियो, ११ बजेसम्म पसल खोल्न पाइने

बारा जिल्लामा पनि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लम्ब्याउने निर्णय

कोरोनाको उच्च जोखिममा निजगढ, अहिलेसम्म २५ जनाको मृत्यु

बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशतमा कोरोना देखिए सँगै उच्च जोखिममा रहेको देखिएको हो ।